नतिजा आएको सात वर्षपछि त्रिविका कर्मचारीको परिक्षफल रद्द
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मङ्गलबार तीन वटा खेल हुँदैछ ।
पहिलो खेलमा उपाधिको दाबेदार त्रिभुवन आर्मीले ब्रिगेड ब्वाइज (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ भने तेस्रो खेलमा नेपाल पुलिसले मनाङ मर्स्याङ्दीकाे सामना गर्दैछ ।
सातदोबाटोकाे एन्फा मैदानमा बिहान पौने नौ बजे हुने पहिलाे आर्मीले बीबीसीलाई पराजित गरेमा फेरि शिर्ष स्थानमा उक्लनेछ । यसका साथै उपाधिका लागि लिगको अन्तिम खेलमा मच्छिन्द्रको खेलले उपाधिको छिनोफानो गराउनेछ ।
मच्छिन्द्रभन्दा दुई अङ्कले पछाडि रहेको आर्मी पहिलो पटक ए डिभिजन लिग जित्ने सङ्घारमा रहेको छ । ब्रिगेड ब्याइज भने अङ्क तालिकाकाे १२औँ स्थानमा रहेको छ ।
मङ्गलबार नै हुने दाेस्राे खेलमा लिगको चौथो स्थानमा रहेको थ्री स्टारले एनआरटीसँग खेल्नेछ । उपाधिको होडबाट बाहिरिसकेको थ्री स्टारले एनआरटीविरुद्ध जित निकाल्न सके शीर्ष ६ को यात्रा पक्क गर्नेछ ।
थ्री स्टारले ११ खेलमा ६ मा जित निकाल्दै २० अङ्क बनाएकाे छ । त्यस्तै शीर्ष ६ मा रहने प्रयासमा रहेकाे एनआरटी थ्री स्टारविरुद्ध 'सरप्राइज' नतिजा निकाल्ने लक्ष्यमा छ । ११ खेलमा पाँच जितमा हासिल गरेकाे एनआरटीकाे १५ अङ्क छ ।
लिगअन्तर्गत मङ्गलबारकाे अन्तिम खेलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दीकाे सामना गर्नेछ । लिगको तेस्रो स्थानमा रहेको मनाङ विभागीय टिम पुलिसविरुद्ध तीन अङ्क बटुल्दै आफूलाई शीर्ष तीनमा राख्ने लक्ष्यमा हुनेछ ।
यस्तै लिगको छैटौं स्थानमा रहेको पुलिस भने मनाङविरुद्ध तीन अङ्क खोस्ने लक्ष्यमा छ । याे खेलमा मनाङविरुद्ध जित निकालेमा पुलिसको शीर्ष ६ रहने सम्भावना बलियो हुनेछ । पुलिसकाे ११ खेलमा १७ अङ्क छ भने मनाङको ११ खेलमा २२ अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।