काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – लिजेण्ड फुटबल खेलाडी पेले अब घरबाहिर निस्कनका लागि पनि सङ्कोच मान्न थालेका छन् ।
७९ वर्षे पेले अहिले अस्वस्थ छन् । यही कारणले गर्दा पनि उनी घर छोडेर कतै निस्किन अप्ठेरो मान्ने गरेको उनका छोरा इडिन्होले बताएका छन् ।
गएकाे वर्ष युरिनरी इन्फेक्सन भएपछि उनलाई अस्पताल लगिएको थियो । अहिले उनकाे कम्मरमा पनि समस्या आएको छ । जसका कारण उनी अरुको सहयोगबिना यताउता पनि हिँड्न सक्दैनन् ।
उनलाई ह्वीलचेयर अनिवार्य जस्तै भइसकेको छ । केही सार्वजनिक कार्यक्रमहरुमा पनि पेले ह्वीलचेयरमा देखिएका छन् ।
पेलेले करियरमा कुल १ हजार ३ सय ६३ खेलमा १ हजार २ सय ८१ गोल गरेका छन्, जुन कीर्तिमान अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । तीन पटक ब्राजिललाई विश्वकपको उपाधि जिताएका पेलेले ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोलसमेत गरेका छन् ।
पछिल्लो समय उनको स्वास्थ्य अवस्था दयनीय बन्दै गइरहेको छ । ‘एउटा राजा जसलाई अहिले हिँड्न पनि सहारा चाहिन्छ, यो अवस्था उहाँलाई सह्य छैन,’ पेलेका छोराले भने ।
‘उहाँ अहिले कमजोर हुनुभएको छ । उहाँको कम्मरको समस्याका कारण हिँडडुल गर्न निकै कठिन छ । जसका कारण उहाँलाई डिप्रेसन जस्तै भएको छ,’ इडिन्होले थपे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।