सिन्धुपाल्चाेक : 'काेराेना सङ्क्रमण नै हाे भन्ने पुष्टि भएकाे छैन, नआत्तिनुस्'

 माघ २९, २०७६ बुधबार १२:७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–३ मा स्वास्थ्य क्याम्प खडा गरी उपचार सुरु भएको छ ।

दुई सय ५० जनाभन्दा धेरै व्यक्तिमा कोरोना भाइरससँग मिल्ने जस्तै लक्षण देखा परेपछि जुगल गाउँपालिकाले गुम्दा सामुदायिक स्वास्थ्य इकाइमा क्याम्प नै खडा गरी स्वास्थ्य उपचार सुरु गरेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो ।

अहिले पनि रुघाखोकी र ज्वरो आएकालाई औषधि र माक्स बाँड्ने क्रम चलिरहेको छ । कोरोना भाइरसको शङ्का भएकाले विज्ञ टोली पठाउन केन्द्रलाई पत्र पठाइएको तर जवाफ नआएको गाउँपालिका उपाध्यक्ष तामाङले उज्यालोलाई बताउनुभयो ।

अहिले क्याम्पमा विद्यार्थीसहित अभिभावक र स्थानीय बासिन्दा पुगेका छन् । प्रभावित क्षेत्रमा जिल्लाबाट स्वास्थ्यकर्मीसहितको टोली र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली पुगेको छ । कोरोना भाइरसकै सङ्क्रमण हो भन्ने पुष्टि भइ नसकेकोले नडराउन तर सचेत रहन डाक्टरले आग्रह गरेका छन् । 

गएको बिहीबारदेखि दुई सयभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

यस्तै मन्त्रालयले बुधबार यस बारेमा थप छलफल गरेर निर्णय गर्ने भएको छ । बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गर्नुभएको छ । 

अन्तिम अपडेट: कात्तिक १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया