कोरोना संक्रमणको आशंका गरिएका तीन जना अस्पतालबाट डिस्चार्ज : संक्रमण नभएको पुष्टि

 फागुन २, २०७६ शुक्रबार १९:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस संक्रमणको आशंकामा टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका तीन जना नेपालीमा संक्रमण नभएको पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले भाइरस संक्रमणको आशंकामा परीक्षणका लागि अस्पतालमा राखिएका तीन जनालाई परीक्षणपछि डिस्चार्ज गरिएको उज्यालाेलाई जानकारी दिनुभयो ।

भाइरस संक्रमण हुँदाको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको भए पनि परीक्षणको पछि संक्रमण नभएको पुष्टि भएको उहाँले बताउनुभयो ।

गएको बुधबार चीनबाट फर्किएका तीन जना नेपालीलाई भाइरसको संक्रमणको परीक्षणका लागि टेकु अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय कोरोनाको भाइरसको आशंकामा स्वास्थ्य परीक्षणको लागि अस्पताल आउनेको संख्या बढेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया