टाेटनह्याम पेनाल्टी गाेलमा पराजित

 फागुन ८, २०७६ बिहिबार ६:३६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा इङ्ग्लिस क्लब टोटनह्याम पराजित भएको छ । इन्ज्युरीको मारमा परेको टोटनह्याम जर्मन क्लब आरबी लिपजिगसँग एक–शून्यले पराजित भयो ।

यो पराजयसँगै टोटनह्यामको क्वार्टर फाइनलमा पुग्ने बाटो कठिन बनेको छ । एक गोलले पछि परिसकेको अवस्थामा अर्को लेगका लागि टोटनह्याम जर्मनी जानेछ । 

त्यसबेला पनि सन ह्योङ मिन र ह्यारी केन मैदानमा फर्कने स्थिति देखिँदैन ।  

खेलमा अधिकांश बल पोसेसन आफ्नो पक्षमा राखेको लिपजिगको दुई वटा सशक्त प्रहारलाई टोटनह्यामका गोलकिपर ह्युगो लोरसले बचाएका थिए । पहिलो हाफ गोलरहित बनेको खेलको ५८औँ मिनेटमा लिपजिगले पेनाल्टी पायो । जसलाई टिमो वेर्नरले गोलमा परिणत गरे ।

त्यही गाेलका कारण लिपजिगले अन्तिम आठमा पुग्ने सम्भावना केही बलियो बनाएको छ । टोटनह्यामलाई क्वार्टर फाइनलमा पुग्ने बाटो कठिन बनेको छ भने लिपजिगलाई बराबरी पर्याप्त हुनेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया