प्रतिबन्धपछिकाे पहिलाे खेलमा सिटीले वेस्टह्यामलाई हरायाे, समर्थकले युईएफएविरुद्ध नारा लगाए

 फागुन ८, २०७६ बिहिबार ७:२७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । आफ्नो मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्टह्यामलाई दुई–शून्यले हरायो ।

खेलको ३०औँ मिनेटमा रोद्री हर्नाण्डेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले केभिन डी ब्रुयनको पासमा गोल गरेका थिए । पहिलो हाफमा त्यही गोलको अग्रता कायम राखेको सिटीले दोस्रो हाफमा अग्रता दोब्बर बनायो ।

पहिलो गोलमा एसिस्ट गरेका डी ब्रुयनाले बर्नार्डो सिल्भाको पासमा गोल गरे । 

जितसँगै सिटीले ५४ अङ्क बनाएको छ । सिटीले तेस्रो स्थानमा रहेको लेस्टरसँगको दुरी चार अङ्क कायम गरेको छ । वेष्टह्याम भने २४ अंकसहित रेलिगेसन जोनमा छ ।

युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा प्रतबन्ध लगाए पनि सिटीले पहिलो खेल खेलेको हो । यद्यपि सिटीले यसको सम्बन्धमा खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मुद्दा हेर्ने 'कोर्ट अफ् आर्बिट्रेशन फर् स्पोर्टस्' मा अपिल गर्ने बताइसकेको छ । 

मैदानमा खेल चलिरहँदा सिटीका समर्थकले युईएफएविरुद्ध नारा लगाएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया