आईसीसी महिला टी-२० विश्वकप : भारतद्वारा अस्ट्रेलिया १७ रनले पराजित

 फागुन ९, २०७६ शुक्रबार १७:४२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी महिला टी-२० विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेकाे छ ।

सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३२ रन बनायो ।

राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको थियो । उसकी ओपनर स्मृति मन्धाना १० रनमा आउट भइन । त्यसपछि सफाली बर्मापनि २९ रनमा पेभेलियन फर्किदा भारतले ४३ रनमा दोस्रो विकेट गुमायो ।

त्यसपछि क्रिजमा आएकी कप्तान हरमनप्रित कौर मात्र दुई रन आउट हुँदा भारतले ४७ रनमा तेस्रो विकेट खेर फाल्यो । तर चौथो विकेटका लागि दिप्ती शर्मा र जेमीमा रोड्रिगेजले अर्धशतकीय साझेदारी गरे । जसमा जेमीमाले २६ रन बनाए ।

अन्तिममा भारतका लागि दिप्ती शर्माले ४९ रनको पारी खेलिन ।

जवाफमा अस्ट्रेलिया १९ ओभर ५ बलमा एक सय १५ रनमा रोकियो । मध्यम सुरुवात गरेको अस्ट्रेलियाको मध्यक्रमका खेलाडीले राम्राे प्रदर्शन सकेनन् । उसका लागि अलिशा हिलेले सर्वाधिक ५१ रन बनाइन । उनले ३५ बलमा छ चौका र एक छक्का प्रहार गरिन् ।

३२ रनमा पहिला विकेट गुमाएको अस्ट्रेलियाले ५५ रनमा दोस्रो तथा ६७ रनमा तेस्रो विकेट खेर फालेको थियो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिए । उनले ८२ रन बनाउँदा ६ विकेट गुमाउन पुग्यो । अस्ट्रेलियाको लागि एस्लेइघ गार्डनेरले ३४ रन बनाइन् ।

अस्ट्रेलियालाई कम स्कोरमा रोक्न पुनम पाण्डेले चार तथा शिखा पाण्डेले ३ विकेट लिएका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया