महिला टी २० विश्वकपमा वेस्टइण्डिजकाे विजयी सुरुवात

 फागुन १०, २०७६ शनिबार १७:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइसीसी महिला टी २० विश्वकप क्रिकेटमा वेस्टइण्डिजले विजयी सुरुवात गरेको छ ।  

अष्ट्रलियाको पर्थमा शनिबार भएको खेलमा वेस्टइण्डिजले डेब्यु गरेको थाइल्याण्डमाथि ७ विकेटको जित दर्ता गरेको हो । पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर ७८ रन बनाएको थियो ।

थाइल्याण्डका लागि नानपाट कन्चोरेन्कीले सर्वाधिक ३३ रन बनाउँदा नरमुल चिउईले १३ रन बनाइन् । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । वेस्टइण्डिजकी स्टेफेनी टेलरले तीन विकेट लिइन् । 

७९ रनको लक्ष्य वेस्टइडिडजले ३ विकेट गुमाएर २० बल बाँकी छँदै पूरा गरेको थियो । वेस्टइण्डिजले जितमा स्टेफेनी टेलर २६ तथा सेमिनी क्याम्पवेल २५ रनमा नट आउट रहिन् । यसैगरी हेली म्याथ्युले १६ रन बनाइन् । सेरिया लेथले एक विकेट लिइन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया