चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । शनिबार राति भएको खेलमा चेल्सीले टोटनह्याम हटस्परलाई दुई–एक गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा जिरुड र ओलान्सोले एक गोल गरेका थिए भने टोटनह्यामको एक गोल पनि चेल्सीकै रोड्रिगेजले उपहार दिएका थिए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा ४४ अङ्कका साथ चौथो स्थानमा यथावत् रहेको छ ।
१५औँ मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको चेल्सीका लागि दोस्रो गोल ४८औँ मिनेटमा मार्कस ओलान्सोले गरेका थिए ।
तर ८९औँ मिनेटमा जेम्स रोड्रिगेजले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता दुई–एकमा ल्याएको थियो । पराजित भएको टोटनह्याम ४० अङ्कका साथ पाँचौँ स्थानमा छ ।
शनिबार नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले न्युक्यासललाई एक–शून्यले हराएको छ । त्यस्तै बर्नले एफसीले बर्नमाउथलाई तीन–शून्यले पराजित गरेको छ ।
शेफिल्ड युनाइटेड र ब्राइटनले एक–एक गोलको बराबरी खेल्दा साउथह्याम्पटनले एक्टन भिल्लालाई दुई–शून्यले पराजित गरेको छ । त्यस्तै म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई एक–शून्यले पराजित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।