मेस्सीकाे ४ गाेल, बार्सिलाेना शीर्ष स्थानमा उक्लियाे

 फागुन ११, २०७६ आइतबार ६:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सानदार जित दर्ता गरेको छ । 

घरेलु मैदान क्याम्प नाओमा भएको खेलमा बार्सिलोनाले इबरलाई पाँच–शून्यको फराकिलो अन्तरले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले चार गोल गर्दा आर्थुर मेलोले एक गोल गरे । 

खेलको १४औँ मिनेटमा मेस्सीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । त्यसपछि ३७औँ, ४०औँ र ८७औँ मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनालाई फराकिलो जिततर्फ धकेले । खेल सकिन एक मिनेटअघि आर्थुर मेलोले गोल गर्दै बार्सिलोनालाई पाँच–शून्यले हरायो । 

जितसँर्गै बार्सिलोना ५५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । इबर भने २४ अङ्कका साथ १६औँ स्थानमा छ । 

शनिबार नै भएको खेलमा रियल मड्रिड लेभान्तेसँग एक–शून्यले स्तब्ध भएको छ । रियल सोसिसाडले भने भ्यालेन्सियालाई तीन–शून्यले हराएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया