जिम्बाब्वेविरुद्धको एकमात्र टेस्ट बंगलादेशले जित्याे

 फागुन १३, २०७६ मंगलबार १५:१८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

जिम्बाब्वेविरुद्धको एकमात्र टेस्ट क्रिकेट बंगलादेशले जितेको छ ।

ढाकामा भएकाे खेलमा मंगलबार बंगलादेशले  एक इनिङ र १०६ रनले जित निकाल्न सफल भएकाे हाे ।

जिम्बाब्वेले पहिलो पारीमा २६५ रन बनाएको थियो । क्रेग इरभिनले शतकीय पारि खेलेका थिए । उनले १०७ रन बनाए । पहिलो पारिमा भने बंगलादेशले विशला योगफल तयार पारेको थियो ।

उसले ६ विकेट गुमाएर ५६० रन बनाउँदा पारि समाप्त गरेको थियो । बंगलादेशका लागि मुश्फिकुर रहिमले दोहोरो शतक बनाएका थिए । मोमिनुल हकले पनि १३२ रनकाे शतकीय पारी खेलेका थिए ।

पहिलो पारिका हिसाबले २९५ रनले पछि परेको जिम्बाब्वेले दोस्रो पारीमा १८९ रन बनाएर अल आउट भएपछि बंगलादेश एक इनिङ र १०६ रनले विजयी हुन पुगेकाे हाे । दोस्रो पारीमा पनि क्रेग इरभिनले सर्वाधिक ४३ रन बनाउँदा अरुले उत्कृष्ट रन बनाउन सकेनन् ।

जिम्बाब्वेलाई रोक्ने क्रममा बंगलादेशका नइम हसनले ५ तथा तैजुल इस्लामले ३ विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया