काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा हल्का हुस्सु
मंसिर ११, २०८१ मंगलबार
स्पेनिस क्लब बार्सिलोनाका लागि यो साता निकै महत्वपूर्ण बन्न सक्नेछ । ला लिगामा शीर्ष स्थानमा उक्लिएको बार्सिलोना नापोलीविरुद्ध महत्वपूर्ण अवे जित निकाल्दै अन्तिम आठको यात्रा सहज बनाउन चाहन्छ ।
सन् २०१४–१५ को सिजनमा च्याम्पियन बनेपछि बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा खासै प्रभाव पार्न सकेको छैन । तर, प्रशिक्षक क्वीके सेटिनको आगमनले बार्सिलोनामा नयाँपन देखिएको छ । तर नयाँ प्रशिक्षकले बार्सिलोना व्यवस्थापन र समर्थकले चाहेको ट्रफीको खडेरी अन्त्य गर्न सक्छन वा सक्दैनन् ।
नापोली पनि जेनारो गाटुसोको आगमनपछि सुधारोन्मुख छ । सिजनको सुरुवातमा कार्लाे एन्सेलोट्टीको प्रशिक्षणमा खेलेको नापोलीले खराब प्रदर्शन गरेको थियो ।
अहिले नापोली सिरि एको छैटौँ स्थानमा छ । पछिल्लो तीन खेलमा अपराजित रहेको नापोली बार्सिलोनाका लागि खतरा बन्न सक्नेछ ।
नापोलीका लागि भने मेस्सीलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । आइबारविरुद्धको खेलमा मेस्सीले चार गोल गरेका थिए ।
स्वारेज र डेम्बेले इन्ज्युरीका कारण टिममा नपर्दा सबै जिम्मेवारी मेस्सीको काँधमा छ । अग्रपंक्तिमा मेस्सीलाई एन्टाेइन ग्रिजम्यान र अंसु फातीले साथ दिनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।