एकदिवसीय क्रिकेट : १२ रन दिएर १० विकेट

 फागुन १४, २०७६ बुधबार १०:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको आन्ध्र प्रदेशमा भइरहेको वुमन्स अण्डर–१९ एकदिवसीय प्रतियोगितामा काशवी गौतम नाम गरेकी बलरले एक्लै विपक्षी टिमलाई अलआउट गरेकी छिन् ।

चण्डीगढकी तीव्र गतीकी बलर र कप्तान काशवी गौतमले अरुणाचल प्रदेशको टिमविरुद्ध उत्कृष्ट प्रदर्शन गरिन् । उनले ह्याट्रिकसँगै १० विकेट लिएर इतिहास रचिन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) आफ्नो आधिकारिक ट्विटर बीसीसीआई वुमन क्रिकेट ह्याण्डलबाट ट्वीट गर्दै यसको जानकारी दिएको हो । 

Scorecard 👉👉 https://t.co/X8jDMMh5PS pic.twitter.com/GWUW9uUgtF

काशवीले अरुणाचल प्रदेशको टिमविरुद्ध ४ दशमलव ५ ओभरमा एक मेडन राखेर १२ रन दिँदै १० विकेट हात पारिन् । विपक्षी टिम मात्र २५ रनमा समेटिन पुग्यो ।

यसअघि चण्डीगढको टिमले एक सय ८६ रन बनाएको थियो । अरुणाचल प्रदेशको टिम एक सय ६१ रनले पराजित बन्न पुग्यो । काशवीले ६८ बलमा ४९ रन बनाउँदै ब्याटिङमार्फत पनि क्षमता देखाइन् । 

नेपालका बायाँ हाते बलर मेहबुब आलमले सन् २००८ मा आईसीसी विश्व कप डिभिजन–५ मा मोजाम्बिकविरुद्ध १२ रन दिएर १० विकेट लिएका थिए । आलम लिमिटेड ओभर क्रिकेटको एक पारीमा १० विकेट लिने पहिलो खेलाडी बनेका थिए । 

टेस्टमा इङ्ग्ल्याण्डका अफ् स्पिनर जिम लेकर र भारतका लेग स्पिनर अनिल कुम्बलेले १० विकेट लिइसकेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया