जनकपुरधाममा जलेको अवस्थामा एक युवती र बालिकाको शव फेला
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै - नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन् । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारिक बिक्रेता अग्नि ग्रुपले पारसलाई बुधबार ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।
पारसलाई मंगलबार नेपाल टेलिकमले पनि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको थियाे।
ब्राण्ड एम्बेस्डर भए बापत पारसलाई महिन्द्राकाे एक्सयूभी ३०० गाडी प्रदान गरिएकाे छ । अलराउण्डर तथा कप्तानका रुपमा नेपाली क्रिकेटमा एक दशकभन्दा बढी समय याेगदान गरेका पारसले अग्नि ग्रुपसँग आवद्ध हुनपाउँदा खुशी लागेको बताए ।
उनले अग्नि ग्रुपसँग सदैव असल सम्बन्ध रहेको र यो समूहले बिक्री गर्ने मोटरसाइकलको पनि यसअघि पनि आफू ब्राण्ड प्रवर्द्धक रहिसकेको बताए ।
पारसलाई प्रदान गरिएकाे महिन्द्राकाे एक्सयूभी ३०० गाडीकाे नेपाली बजारमा झण्डै ४० लाख रुपैयाँ मूल्य रहेको छ ।