विराट कोहलीलाई पछि पार्दै स्टिभ स्मिथ टेस्ट वरीयताकाे शीर्ष स्थानमा

 फागुन १४, २०७६ बुधबार १९:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टेष्ट विराट कोहलीलाई पछि पार्दै अष्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ शीर्षस्थानमा उक्लिएका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् । उनको ९ सय ११ रेटिङ छ । कोहली ९ सय ६ रेटिङसहित दोस्रो स्थानमा झरेका छन् । न्युजिल्यान्डसँगको पहिलो टेष्टमा राम्रो खेल्न नसक्दा कोहली वरीयतामा पनि तल झरेका हुन् ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन तेस्रो स्थानमा छन् । यस्तै अष्ट्रेलियाका युवा खेलाडी मार्नस लाबुशेन चौथो स्थानमा पुगेका छन् । पाकिस्तानका बाबर आजम पाँचौ र अष्ट्रेलियाका अ‍ोपनर डेभिड वार्नर छैटौँ स्थानमा छन् ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्षस्थानमा कायमै छन् । न्युजिल्यान्डका टिम साउदीले भने ठुलो छलाङ मारेका छन । उनी ८ स्थान सुधार गर्दै वरीताको छैटौँ स्थानमा पुगेका छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया