सिटीले रियल मड्रिडलाई हरायो, युभेन्टस लियोनसँग स्तब्ध

 फागुन १५, २०७६ बिहिबार ६:२६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को बुधबार राति भएका पहिलो लेगको रियल मड्रिड र युभेन्टस पराजित भएका छन् । 

म्यान्चेस्टर सिटीविरुद्धको खेलमा रियल मड्रिडले दुई–एक गोल अन्तरले पराजित भयो । खेलको ६०औँ मिनेटमा इस्कोले मड्रिडलाई अग्रता दिलाए पनि धेरैबेर टिक्न सकेन । 

खेलको ७८औँ मिनेटमा ग्याब्रियल जिसस र ८३औँ मिनेटमा केभिन डी ब्रुयनले गोल गर्दै  सिटीलाई जित दिलाए । 

बुधबार राति नै भएको अर्काे खेलमा युभेन्टस लियोनसँग एक–शून्य गोल अन्तरले पराजित भएको छ । 

खेलको ३१औँ मिनेटमा लुकास टोउसार्टले गोल गर्दै लियोनलाई अग्रता दिलाएका थिए । खेलमा थप हुन नसक्दा त्यही गोल निर्णायक बन्न पुग्यो र युभेन्टस पराजित भयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया