चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली टिम कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणको जोखिम मोलेरै क्रिकेट खेल्न बिहीबार थाइल्याण्ड जाँदैछ ।
आउँदाे शनिबारदेखि सुरु हुने एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकट प्रतियोगिता खेल्न नेपाली टोली थाइल्याण्ड जाने भएको छ । प्रतियोगितामा चीन, भुटान र म्यानमारले प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरे पनि नेपाल भने कोरोनाको जोखिम मोलेरै थाइल्याण्ड जान लागेको हो ।
थाइल्याण्डमा बुधबारसम्म ४० जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकोमा २२ जना निको भएको र हिजो थप ३ जनामा कोरोनाको सङ्क्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तैमा नेपाली टिमलाई काेराेनाबाट बच्न सावधानी अपनाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले बताएको छ । बिदाइ कार्यक्रममा क्यानका महासचिव अशोकनाथ प्याकुरेलले थाइल्याण्डमा प्रतियोगिता खेल्दा खेलाडीलाई होटेल र मैदानबाहेक अन्य ठाँउमा नजान सुझाव दिनुभएकाे छ ।
शनिबारदेखि आउँदाे मार्च ६ सम्म हुने प्रतियोगितामा सहभागी हुन १४ जना खेलाडी, अफिसियल, फिजियोसहित १८ जना बिहीबार दिउँसो ३ बजे थाइल्याण्ड जाने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।
नेपालले पहिलो खेलमा शनिबार मलेसियासँग खेल्नेछ । नेपालसहित आयोजक थाइल्याण्ड, मलेसिया, सिङ्गापुर र हङकङ सहभागी प्रतियोगितामा नेपालले मार्च १ मा हङकङ, मार्च ४ मा थाइल्याण्ड र मार्च ६ मा सिङ्गापुरसँग खेल्नेछ ।
प्रतियाेगितामा शीर्ष दुई टोली एसिया कपका लागि छनोट हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।