रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयाे

 फागुन १५, २०७६ बिहिबार ९:७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिरहा – सिरहाको कर्जन्हा नगरपालिका ४ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

ट्रकमा माेटरसाइकल ठाेक्किँदा अर्का एक जना घाइते भएका छन् । बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना ३ ख ९०२४ नम्बरको ट्रकमा स ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएकाे हाे ।

माेटरसाइकल ठाेक्किँदा घाइते भएका सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते मोटरसाइकल चालक २७ वर्षीय सोनिया दासको फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया