म्याग्दीको बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालको संयुक्त आयोजनामा आउँदो फागुन २४ गते ठमेल रोड रेस हुने भएको छ ।
आयोजकले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै दौडमा १५०० धावकहरुको सहभागिता रहने जानकारी दिएकाे छ । जम्मा पाँच किलोमिटरको राेड रेसमा चार वटा विधा समावेश गरिएका छन् । विद्यालय स्तरीय, खुल्ला महिला र पुरुष र भेट्रान गरी चार विधामा सहभागीलाई वर्गीकरण गरिनेछ ।
दौडमा खुल्लातर्फका विजेताले २५००० प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै भेट्रान विधामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार जित्नेछन् ।
विद्यालय स्तरमा प्रथम हुनेले १५ हजार, दोस्रोले आठ हजार र तेस्रोले पाँच हजार हात पार्नेछन् ।
दौडमा नेपाली धावन इतिहासका हस्तीहरु बैकुण्ठ मानन्धर, जीतबहादुर केसी लगायतको सहभागिता रहने जानकारी आयोजकले दिएको छ । नेपालले भिजिट नेपाल २०२० मनाइरहँदा यो दौडले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।