म्याग्दीको बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहीबार सार्वजानिक गरेको नयाँ टी-२० वरीयतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् ।
वरीयतामा स्पिनर सन्दीप लामिछाने दुई स्थान तल झरेका छन् । टी-२० वरीयताको अलराउन्डरतर्फ पारस खड्का एक स्थान सुधार गर्दै २६ औँ स्थानमा उक्लिएका छन् ।अफगानिस्तानका मोहम्मद नाबी अलराउन्डरतर्फ वरीयताकाे र्शीर्ष स्थानमा छन् । जिम्बावेका सेन विलियम्स दोस्रो स्थानमा उक्लिएका छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा झरेका छन् । यूएईका रोहन मुस्तफा पाँचौ र ओमानका खावर अली छैटौँ स्थानमा छन् ।
बलिङमा नेपाली स्पिनर सन्दीप लामिछाने दुई स्थान खस्किएका छन् । उनी दुई स्थान तल झर्दै ८६ औँ स्थानमा पुगेका हुन् । अफगानिस्तानका स्पिनर राशिद खान बलिङतर्फ वरीयताको शीर्ष स्थानमा यथावत रहेका छन् ।
अफगानिस्तानका अर्क खेलाडी मुजिव रहमान दोस्रो र अस्ट्रेलियाका स्पिनर एडम जम्पा तेस्रो स्थानमा छन् भने अर्का स्पिनर अगर वरियताको चौथो स्थानमा उक्लिएका छन् । दक्षिण अफ्रिकाका तरबेज शाम्सी पाँचौ स्थानमा रहेका छन् ।
सन्दीप र पारसबाहेका नेपाली टिमका करण केसी र सोमपाल कामी अलराउन्डरतर्फ ६६ औँ स्थानमा यथावत रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।