पिकेले एल क्लासिको गुमाउने

 फागुन १५, २०७६ बिहिबार १९:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्पेनिस क्लब वार्सिलोनाका डिफेन्डर जेरार्ड पीकेले एल क्लासिको गुमाउन सक्ने सम्भावना रहेको बताइएको छ । आइतबार हुने एल क्लासिकोका लागि आफ्ना भरपर्दा डिफेन्डर उपलब्ध नहुने देखिएपछि बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनको टाउको दुखाइ सुरु भएको छ । 

च्याम्पियन्स लिग अन्तिम १६ मा नापोलीसँगको खेलको क्रममा पिके इन्ज्युरीमा परेका हुन् । उनको खुट्टामा सामान्य चोट देखिए पनि उनी खेलका लागि तयार हुने वा नहुने भने तय नभएको बताइएको छ ।

खेलका क्रममा घाइते भएपछि उनलाई सब्स्टिच्युट गरिएको थियो । बार्सिलोनाको लागि यस अवस्थामा एल क्लासिको भारी पर्ने देखिएको छ । टीमका भरपर्दा खेलाडीहरु स्वारेज र डेम्बेले इन्ज्युरीका कारण लामो समयदेखि मैदान बाहिर रहेका छन् ।

पिके उपलब्ध नभएमा उनको स्थानमा उम्टिटी वा लेंग्लेटलाई खेलाउने बर्सिलोनाको योजना रहेको बताइएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया