१ सय १९ औँ मिनेटमा गाेल बेहाेरेपछि आर्सनल युराेपा लिगबाट बाहिरियाे

 फागुन १६, २०७६ शुक्रबार ८:३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्सनल युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएकाे छ । बिहीबार राति भएको दोस्रो लेगमा दुई–एक गोल अन्तरले पराजित भएसँगै आर्सनलकाे युरोपा लिगको यात्रा अन्त्य भएको हो ।

आर्सनल घरेलु मैदान इमिरेट्समा ओलम्पियाकाेससँग पराजित हुन पुग्यो । अतिरिक्त समयमा आर्सनल गोल खान पुगेको थियो । पहिलो लेगमा एक–शून्यले विजयी भएको आर्सनल दोस्रो लेगमा दुई–एक गाेल अन्तरले पराजित भएपछि समग्रमा नतिजा दुई–दुई गोलको बराबरीमा टुङ्गियाे । तर गोल अन्तरका आधारमा पछि पर्दै आर्सनल प्रतियोगिताबाट बाहिरिँदा ओलम्पियाकाेस भने अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियाे । खेलकाे ५३ औँ मिनेटमा ओलम्पियाकाेसका लागि पेप सिसेले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो लेगमा आर्सनलले एक–शून्यकाे जित निकालेकाे र अवे गोलका आधारमा पनि बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो । 

११३ औँ मिनेटमा कप्तान पिएर एमरिकले आर्सनलका लागि गोल गरे र दोस्रो लेगमा बराबरी तथा समग्रमा जितका सम्भावना दिलाएका थिए । तर फेरि ११९ औँ मिनेटमा एल अरबीले गोल गर्दै ओलम्पियाकाेसलाई समग्रमा बराबरी गराए । उनकै गोलका कारण ओलम्पियाकाेस प्रिक्र्वाटर फाइनल पुग्याे । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया