ब्रेथ्वेटले गरे बार्सिलोनाका कप्तान मेस्सीकाे तारिफ

 फागुन १६, २०७६ शुक्रबार १५:२७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनामा केही समयअघि अनुबन्धित भएका युवा खेलाडी मार्टिन ब्रेथवेटले कप्तान मेस्सीबारे टिप्पणी गरेका छन् ।

पहिलोपटक एल क्लासिको खेल्न लागेका उनले मेस्सीको खुलेर तारिफ गरेका छन् । उनले आफ्नो लागि एल क्लासिको नौलो प्रतिस्पर्धा भएको र आफूले त्यसको भरपुर अनुभव लिने बताए भने क्लासिको बार्सिलोनाको लागि महत्वपूर्ण भएको बताए ।

आफ्नो डेब्यु खेलमा नै बार्सिालोनाका कप्तान लियोनल मेस्सीका लागि एसिस्ट उपलब्ध गराएका उनले मेस्सीसँग अँगालो हालेको जर्सी कहिल्यै नधुने बताएका थिए । उनले हालै मेस्सीबारे बोल्दै मेस्सीले जस्तो अरु कसैले गर्न नसक्ने बताएका छन् ।

‘मेस्सीले जे गर्न सक्छन् त्यो अरु कसैले गर्न सक्दैनन् । यदि फुटबल धर्म हुन्थ्यो भने मेस्सी पक्कै पनि भगवान हुने थिए किनकि उनी सम्पूर्ण खेललाई सन्तुलनमा राख्न माहिर छन् र उनी उत्कृष्ट खेलाडी हुन्’, ब्रेथ्वेटले भने ।

उनले आफ्नो बार्सिलोनाको साथमा भएको पहिलो प्रशिक्षणलाई सम्झिँदै बार्सिलोनामा हुन पाउनु गर्वको कुरा भएको बताएका थिए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया