कोरोना सङ्क्रमणबाट इरानी फुटसल खेलाडीको ज्यान गयाे

 फागुन १६, २०७६ शुक्रबार १७:९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इरानी महिला फुटसल राष्ट्रिय टोलीकी २२ वर्षीय सदस्य एल्हाम शेखीको कोरोना भाइरसका कारण ज्यान गएकाे छ ।उनी दश दिनदेखि अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी स्थानीय समाचार संस्था राेखाले जनाएकाे छ ।

खेलकुदमा कोरोना भाइरसका कारण बढेको त्रासका बीच इरानमा सबै खेलकुद कार्यक्रमहरू स्थगित गरिएकाे छ । शेखी रहने प्रान्तको राजधानी क्वम सहरमा सयौँ चिनियाँ शिया विद्वानहरू रहेको र त्यहीबाट संक्रमण भएको पुष्टि गरिएको छ । 

शेखीको निधनप्रति प्रतिक्रिया व्यक्त गर्दै इरानी अन्तर्राष्ट्रिय महिला फुटसल रेफ्री एसो जावहेरीले इरानले कोरोना भाइरसलाई समान्य रुपमा लिएकोप्रति आक्रोश व्यक्त गरेकी छिन् । 

यसैबीच एशियाली फुटबल कन्फेडेरेसनले एएफसीका लागि तयार चार इरानी टिमहरूको फुटबल खेलहरू रद्द गरेको बताइएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया