इंग्लिस प्रिमियर लिग : आज राति पाँच खेल हुँदै

 फागुन १७, २०७६ शनिबार ८:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ५ वटा खेल हुने भएका छन् ।

एस्टन भिल्ला र शेफिल्ड युनाइटेडबीचको खेल भने स्थगित भएको छ । आइतबार कारबाओ कपको फाइनलमा एस्टन भिल्ला र म्यानचेस्टर सिटी भिड्ने भएकाले शनिबार प्रिमियर लिग अन्तर्गतको खेल स्थगित गरिएको हो ।  

आज साँझ १३ औं स्थानको क्रिस्टल प्यालेस र १५ औँ स्थानको ब्राइटनले सवा ६ बजे खेल्ने छन् । पौने ९ बजे एकैसाथ तीन वटा खेल हुनेछन् ।

२८ औँ चरणको खेल अन्तर्गत एएफसी बर्नमाउथ र चेल्सी, न्यु क्यासल युनाइटेड र बर्नले तथा वेस्ट ह्याम र साउथ ह्याम्पटन आमने सामने हुनेछन् । जारी लिगमा चेल्सी चौथो स्थानमा छ भने बर्नमाउथ १६ औँ स्थानमा छ । बर्नले १० औँ स्थानमा छ भने न्युक्यासल १४ औँ स्थानमा छ । साउथ ह्याम्पटन १२ औँ स्थानमा रहँदा साउथ ह्याम्पटन भने रेलिगेशन जोनमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आज राति सवा ११ बजे शीर्ष स्थानको लिभरपुल रेलिगेशन जोनको वाटफोर्ड आमने सामने हुनेछन् । जारी लिगमा एक खेल पनि नहारेको लिभरपुल ७९ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५७ अंक मात्रै छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया