युभेन्टसलाई २ अङ्कले पछि पार्दै लाजियाे शीर्ष स्थानमा उक्लियाे

 फागुन १८, २०७६ आइतबार ६:५२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बोलोगनालाई दुई–शून्यले हराउँदै लाजिलयाे शीर्ष स्थानमा उक्लिएकाे हाे ।

लाजियाे युभेन्टसभन्दा दुई अङ्कले अघि छ । तर युभेन्टसले एक खेल कम खेलेको छ । युभेन्टसको खेल भने कोरोना भाइरसकाे सङ्क्रमणका कारण स्थगित नै गरिएको छ ।

लाजियोलाई जिताउन लुइस अल्बेर्टाे र कार्लोस कोरेराले एक–एक गोल गरे । लाजियाेले दुवै गोल पहिलो हाफमा गरेकाे हाे । १८‍ औँ मिनेटमा लुइसले गोल गर्दै लाजियाेलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै कोरेराले गोल थपेपछि लाजियाेले पहिलो हाफमा दुई–शून्यकाे अग्रता लियो ।

दोस्रो हाफमा थप गोल नभएपछि लाजियो तीन अङ्क बटुल्दै शीर्ष स्थानमा पुग्न सफल भयो । 

शनिबार नै भएकाे अर्काे खेलमा नापाेलीले टाेरिनाेलाई दुई–एक गाेल अन्तरले हराएकाे छ । नापाेलीका लागि काेस्टास मनाेलसले १९ ‍औँ र गियाेभानी डी लाेरिन्जाेले ८२ औँ मिनेटमा गाेल गरे । टाेरिनाका लागि खेलकाे ९१ औँ मिनेटमा सिमाेनी इडेराले सान्त्वना गाेल गरे । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया