'पावरप्ले' मा नेपालकाे स्काेर ४९, पारस र ज्ञानेन्द्र क्रिजमा

 फागुन १८, २०७६ आइतबार १०:३१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्रिकेटिङ-नेपाल

काठमाण्डाै – एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपाललाई पहिलाे झट्का लागेकाे छ । 

कप्तान ज्ञानेन्द्र मल्लसँग ओपनिङ गर्न आएका कुशल मल्ल १९ रन बनाएर आउट भएका हुन् । 

४ दशमलव ४ ओभरमा नेपालका कुशल मल्ल आउट भए । ४२ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालका लागि कुशलले १४ बलमा १९ रन बनाएर पभेलियन फर्किए । उनलाई हङकङका हारुन अर्सद मोहम्मदले आउट गराएका हुन् ।

अहिले क्रिजमा ज्ञानेन्द्र र पारस खड्का छन् । नेपाल हङकङले दिएकाे एक सय ५५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया