सरकारको आग्रह : खाद्यान्न देशमै उत्पादन गरौँ, मास्क उत्पादन बढाऔँ

 फागुन १९, २०७६ सोमबार २०:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले काेभिड–१९ अर्थात् कोरोना भाइरसको कारण नेपालमा पनि आर्थिक मन्दी हुन सक्ने सङ्केत गरेको छ । कोरोनाको कारण विश्व नै प्रभावित भएको बेला नेपालमा पनि आर्थिक सङ्कट आउन सक्ने, उपभोग्य वस्तुको अभाव हुन सक्ने देखिएको सरकारले जनाएको छ । 

परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना भाइरसकै कारण वैदेशिक रोजगारी प्रभावित हुने, पर्यटकीय गतिविधि रोकिने र देशका ठूला आयोजनामा पनि प्रभाव पर्ने देखिएको जानकारी दिनुभयो । 

सरकारले सकभर देशमै उत्पादन बढाउन पनि आग्रह गरेको छ । खाद्यान्नका धेरे सामग्री आयात भइरहेकाले तत्कालै उत्पादन गर्न सकिने वस्तुको उत्पादन बढाउन सरकारले आग्रह गरेको हो । ‘भूकम्पले हामीलाई ठूलो दुःखसँगै पाठ पनि सिकाएको थियो, अहिले पनि हामीले समस्यालाई अवसरमा ढाल्न सक्छौँ, तत्कालै उत्पादन हुन सक्ने वस्तु उत्पादन गराैँ, विदेशबाट आउने सामग्रीमा मात्रै भर पर्दा झनै समस्या हुनसक्छ’, परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो । 

यस्तै सरकारले मेडिकलजन्य सामग्रीको उत्पादन बढाउन आग्रह गरेको छ । देशमा रहेका कारखानालाई पूर्ण क्षमतामा चलाउन सरकारले आग्रह गरेको छ । मास्क (मुखावरण) लगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न र भाउ नबढाउन पनि सरकारको आग्रह रहेको मन्त्री ज्ञवाली जानकारी दिनुभयो । 

अहिले कच्चा पदार्थको अभाव हुन लागेको जानकारी दिँदै उहाँले वैकल्पिक उपायबाट अत्यावश्यक सामग्रीको आयातको लागि पनि सरकारले तयारी थाल्ने जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया