कोरोनाकाे त्रास : ईपीएल स्थगित

 फागुन २२, २०७६ बिहीबार १५:०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वमा पछिल्लो पटक त्रास मच्चाइरहेको कोरोना भाइरसका कारण चैत्र १ गतेबाट हुने भनिएको एभरेष्ट प्रिमियर लिग ईपीएल स्थगित भएको छ ।

मार्च १४ देखि २८ तारिखसम्म काठमाण्डौमा हुने प्रतियोगिता अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टले जनाएको छ ।

नेपाल सरकारले नै ठूला कार्यक्रम आयोजना नगर्न निर्देशन दिएपछि त्यसलाई मध्यनजर गरेर यो प्रतियोगिता स्थगित गरिएको हो । आयोजक जोरा स्पोर्टसले सरकारको निर्णयलाई ध्यानमा राख्दै हालका लागि स्थगित गरिएको र नयाँ मिति केही समयपछि सार्वजनिक गर्ने बताएको छ ।

यो प्रतियोगिता हुँदा दर्शक र खेलाडीलाई पर्नसक्ने सम्भावित असरबाट जोगिन सार्नुपरेको जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताउनुभयाे । उहाँले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भए पनि अब फेरि सुरु गर्नुपर्ने बताउनुभयाे । 

६ वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी विदेशी खेलाडीका साथै खेल तालिका पनि सार्वजनिक भइसकेको थियो । यसका साथै यसपटक क्रिस गेल, कोरे एन्डरसनजस्ता खेलाडी नेपाल आएर खेल्ने तयारीमा थिए । यति मात्र नभइ प्रतियोगिताका लागि केही टिमले क्याम्प पनि सुरु गरिसकेका थिए ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया