स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डौ - राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणको पुष्टि नभएको बताउनु भएको छ ।
उहाँले सङक्रमणको आशङ्कामा स्वास्थ्य परीक्षण गरिएका कसैमा पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नभेटिएको स्पष्ट पार्नुुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा भाइरस सङ्क्रमणको परीक्षण भैरहेको छ । कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको छ । अहिलेसम्म कसैमा पनि भाइरस सङ्क्रमणको पुष्टि भने भएको छैन्’ उहाँले भन्नुभयो ।
दश जनाको परीक्षणपछि आफूहरुले प्रमाणीकारणका लागि हङकङ पठाएको र उताको रिपोर्ट आफूहरुसँग मिलेको उहाँले स्मरण गर्नुभयो । झाले आफूहरुले गरेको परीक्षणको कामलाई विश्व स्वास्थ्य संगठनले ठीक भएकाे जवाफ फर्काएकाे बताउनुभयाे ।
‘कोरोना परीक्षण भनेको पी.सी.आर. हो । हामीले पनि रियल टाइम पी.सी.आर. हेर्ने हो ।हामीले अहिले चारवटा मेशिनबाट परीक्षण गरिरहेका छाैँ’, उहाँले भन्नुभयो ।
आफूहरुको ल्याबलाई डब्लु.एच.ओ.ले मान्यता दिएको सुनाउँदै हप्तामा ५ सय जनाको परीक्षण गर्न सकिने झाले बताउनुभयो । ‘सबैले मास्क प्रयोग गरौँ। विशेषतः रुघाखोकी लागेकाहरुले झनै यसको प्रयोग गर्न जरुरी छ । लगातार साबुन पानीले हात धुनुपर्छ’, झाले भन्नुभयाे ।
उहाँले नेपाललाई कोरोनामुक्त बनाउनको लागि सबैले मिलेर काम गर्नुपर्ने बताउँदै भन्नुभयाे,‘यो विषय अहिले पनि अध्ययनको विषय हो । शत प्रतिशत रिसर्च भैसकेको छैन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।