स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
बारा - सशस्त्र प्रहरी बल, नेपाल बारा गणको संयोजनमा जिल्लाको तीन ठाउँमा बुधबारबाट नोवल कोरोना भाइरससम्बन्धी हेल्प डेस्क सञ्चालनमा आएका छन् ।
भारतबाट आवागमन बढी हुने तीन स्थानको पहिचान गरी स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गरिएको हो । हेल्प डेस्क स्थापना गरिएका ठाउँहरुमा कलैया उपमहानगर पालिका-१०काे मटिअर्वा, सिम्रौनगढ-६ काे सतुही र सुवर्ण गाउँपालिका-३ काे सन्तगंज कबहिगोठ रहेका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले बताउनु भयो ।
बारा जिल्लाको प्रमुख नाका मटिअर्वामा रहेकाे सशस्त्र प्रहरी बल, नेपाल बीओपी, मटिअर्वाले आयोजना गरेको हेल्प डेस्कको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले गर्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कोरोना भाइरससम्बन्धी चेतना एउटा व्यक्तिमा मात्र भएर नहुने बरु घर, समुदाय हुँदै जिल्लाभर हुन पर्ने बताउनु भयो ।
उहाँले मानिसहरुको धेरै जमघट हुनेगरी कुनै कार्यक्रम नगर्नसमेत निर्देशन दिनुभयो । गणपति दिग बिजय सुवेदीले स्वास्थ्य चेतना सञ्चालन अन्तर्गत भएको यो कार्यक्रम जिल्लाको तीन ठाउँमा बुधबारबाटै सुरु भएको हुनाले यसबाट बढीभन्दा बढी फाइदा लिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधीहरु तथा कलैया अस्पतालको डा. अन्जली चौरसिया लगायतको उपस्थिति भएको थियो । डा. चौरसियाले कोरोना भाइरससम्बन्धी लक्षण, रोकथामको उपायहरुको बारेमा बताउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।