स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
रसुवा - रसुवामा कोरोना भाइरसको संक्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउँदै जिल्ला अस्पताल र रसुवागढी नाकामा भएको हेल्थ डेक्सलाई व्यवस्थित गरिएको छ ।
त्यस्तै पूर्वतयारी स्वरूप आवश्यक स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था गरिएको छ भने रसुवागढी नाकामा अस्थायी भवन निर्माण कार्य सुरु गरिएको छ । नाकामा रहेको हेल्थ डेक्समा संघ, प्रदेश र स्थानीय तहबाट चार जना स्वास्थ्यकर्मी राखिएको छ । जसमा दुई जना एमबीबीएस डाक्टर, एक जना एचए र एक जना स्टाफ नर्सको व्यवस्था गरिएको छ ।
त्यहाँ परीक्षणका लागि आवशयक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, डिजिटल थर्मामिटर लगायतका आवश्यक सामग्री रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो ।
जिल्ला अस्पताल रसुवामा चार बेड क्षमताको आइसाेलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भएको शंका लागेका बिरामीको परीक्षण तथा उपचारका लागि बुधबारदेखि कक्ष सञ्चालनमा ल्याइएको हो । जिल्लामा हालसम्म कोरोनाको बिरामी नभेटिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा अनिल कुमार खरेलले बताउनुभयो ।
जिल्ला कारागारमा बिहीबारदेखि प्रत्यक्ष भेटघाटमा रोक लगाइएको छ । जेलर कृष्णहरि पुडासैनीका अनुसार कारागारमा कोरोनाको संक्रमण भित्रन नदिनका लागि आफन्तसँग फोनमा कुराकानी गर्न मात्र अनुमति दिइएको छ । सात जना राख्न सकिने गरी आइसाेलेसन कक्षको पनि स्थापना भएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले होली नखेल्नका लागि अनुरोध गरेको छ । कार्यालयले जिल्ला स्तरमा हुने सेमिनार, गोष्ठी, पर्व, मेला, महोत्सव वा यस्तै जनभेला नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले कोरोना भाइरस भित्रन नदिनका लागि उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो । जोखिम बढ्दै गएको रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याउनका लागि प्रक्रिया अघि बढाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।