'मास्क पाइएन भनेर नआत्तिऔँ, साबुन पानीले हात धुँदा पनि सङ्क्रमणबाट बच्न सकिन्छ'

 फागुन २३, २०७६ शुक्रबार ९:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क (मुखावरण) लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन सरकारले आग्रह गरेको छ ।

विश्वका ८९ देशमा काेभिड–नाइन्टिन अर्थात् कोरोना भारइस फैलिएसँगै स्वस्थ व्यक्तिले पनि मास्कको खोजी गर्ने र जगेडा राख्ने गर्दा अभाव भएको छ । तर स्वस्थ व्यक्तिले नलगाए पनि फरक नपर्ने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले रुघाखोकी लागेका व्यक्तिले मास्क लगाउँदा अरु व्यक्तिमा सर्ने जोखिम कम हुने बताउनुभयो ।

सङ्क्रमित व्यक्तिले मास्क लगाएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा स्वस्थ व्यक्तिमा पर्दैन । यसले स्वस्थ व्यक्तिलाई सङ्क्रमित हुनबाट जोगाउँछ ।

तर सङ्क्रमित व्यक्तिले मास्क नलाएर, मास्क लगाएको स्वस्थ व्यक्तिको नजिकै गएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालकाे छिटा परे सङ्क्रमण सर्ने जोखिम हुन्छ । रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने उहाँले बताउनुभयो ।

यस्तै निरन्तर बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले पनि नियमित मास्क लगाउनुपर्छ । यसो गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहे पनि सर्ने जोखिम कम हुन्छ । स्वस्थ व्यक्तिले मास्क लगाउनेभन्दा पनि वरपर छोइसकेपछि साबुन पानीले हात धुने गर्दा पनि जोगिन सकिने डाक्टर बाँस्तोलाको भनाइ छ ।  

अन्तिम अपडेट: कात्तिक ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया