स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – विश्वभरि फैलिरहेकाे काेभिड–१९ (कोरोना भाइरस) का कारण नेपालमा नाकाबन्दी हुने आशङ्का व्यक्त गर्न थालिएको छ ।
चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशङ्का गर्न थालिएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले ३०/४० जना व्यक्तिमा मात्रै कोरोनाको सङ्क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो । ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०/४० जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उहाँले भन्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताउनुभएको छ । उहाँले जथाभाबी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गर्नुभयो । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई सङ्क्रमणको दर बढी देखिएको उल्लेख गर्दै उहाँले समयसमयमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।
पहिलो पटक कोरोनाको आशङ्कामा ट्रपिकल सेन्टरमा भर्ना भएका एक जनामा बाहेक यसको सङ्क्रमण देखिएको छैन । सङ्क्रमण देखिएका व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । यद्यपि कोरोनाको आशङ्कामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको सङ्ख्या भने बढिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।