एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
पर्सा – नक्कली नेपाली नागरिकता, जन्मरमृत्यु दर्ता, बसाइसराइ, विवाह दर्तालगायतका विभिन्न सरकारी कागजातहरु बनाइदिने पूर्व गाविस सचिव पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ७ का बिन्दाप्रसाद साह रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ को फुलबारी टोलबाट पक्राउ गरेको हो । उनले मोटो रकम लिएर विभिन्न सरकारी कागजातहरु बनाइदिने गरेको बताइएको छ ।
साहलाई नेपाली नागरिकता, नागरिकता बनाउन प्रयोग हुने फोटो टाँसी तयारी गरेका अनुसूची–१ का फारमहरु, जन्म दर्ता, मुत्यु दर्ता, विवाह दर्ता, बसाइसराइ, जन्म प्रमाणित, एनटीसी, एनसेल का सिम कार्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित पक्राउ गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।