ग्यास भण्डारण नगर्न आयल निगमकाे आग्रह

 फागुन २६, २०७६ सोमबार ७:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।

निगमले सूचना निकालेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएकाे भन्दै ग्यास अभाव नहुने बताएको छ ।

अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ । औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ । 

अनावश्यक ग्यास भण्डार गर्दा बजारमा लाइन लाग्नुपर्ने अवस्था हुने, तथा दुर्घटनाको सम्भावना पनि बढ्ने र आपूर्ति व्यवस्था असहज हुनेहुँदा आफ्नो आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र आवश्यक बाहेक नयाँ सिलिण्डर नकिन्न पनि निगमले आग्रह गरेको छ ।  

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया