स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – इटालियन क्लब युभेन्टसका डिफेन्डर डानिली रुगानीलाई कोरोना भाइरस (काेराेना भाइरस) को सङ्क्रमण भएको पुष्टि भएको छ ।
पछिल्लो पटककाे परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई आइसोलेशनमा राखिएको छ । २५ वर्षे डानिलीसँग रहेका अरु व्यक्तिलाई पनि आइसोलेशनमा राखिएको छ ।
इटलीमा कोरोनाको त्रासका कारण आउँदाे ३ अप्रिलसम्म सबै खेलकुद गतिविधि बन्द गरिएको छ । यो सिजन युभेन्टसका लागि सात खेल खेलेका रुगानीले आइतबार भएको दर्शकबिनाकाे इन्टर मिलानसँगको खेलमा बेन्चमा थिए । त्याे खेलमा युभेन्टस दुई–शून्यले विजयी भएको थियो ।
कोरोनाको त्रासका कारण नै युरोपा लिगअन्तर्गत गेटाफेसँगको इन्टर मिलानको खेल स्थगित गरिएको छ ।
रुगानीलाई कोरोना सङ्क्रमण देखिएपछि युभेन्टसले सबै चाहिने प्रक्रिया अपनाएको जनाएको छ । युभेन्टसबाट रुगानीले चार पटक सिरी ए को उपाधि जितेका छन् । यसका साथै उनले इटली टिमबाट सात पटक खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।