कोरोनाकाे कारण याे वर्षकाे युरो कप अर्काे वर्ष हुने

 फागुन २९, २०७६ बिहिबार १४:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - युरोपियन फुटबल महासङ्घ (यूईएफए)ले 'युरो कप २०२०' को मिति एक वर्ष पछि सार्ने तयारी गरेको बताइएको छ । युरोपका धेरै फुटबल सङ्घले यूईएफएसँग प्रतियोगिता एक वर्ष सार्नका लागि पत्र पठाएको 'द सन'ले जनाएको छ ।

पछिल्लो पटक युरोपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण अर्को वर्षको गर्मीसम्मका लागि युरो कप सार्न अनुरोध गरेको बताइएको छ । यूईएफएले भने यसअघि निर्धारित मितिमा नै प्रतियोगिता हुने बताउँदै आएको थियाे ।

प्रतियोगिता सार्ने, नसार्ने भन्ने विषयकाे निर्णय यूईएफएका प्रमुख एलेक्सान्देर सेफेरीनले गर्ने द सनले जनाएको छ । आउँदो जुन १२ देखि जुलाइ १२ तारिखसम्म हुने प्रतियोगिताका लागि यूईएफएले टास्कफोर्स तयार गरिसकेको छ ।

युरो कपको ६० औं वार्षिकाेत्सवकाे अवसरमा आयाेजना हुने युराे कप २०२० विभिन्न १२ देशमा गरिनेछ । काेराेनाकाे उच्च प्रभाव परेकाे इटाली समेत युराे कपकाे आयाेजक देशकाे रुपमा रहेकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया