काेराेनाकाे कारण माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगिता स्थगित

 फागुन २९, २०७६ बिहिबार १४:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल तेक्वान्दो सङ्घले ‘माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ स्थगित गरेको छ ।

बिहिबार प्रेस विज्ञप्ति निकाल्दै सङ्घले चैत १९ देखि २३ गतेसम्म हुने प्रतियोगिता कोरोना भाइरसको कारण स्थगित गरिएको जनाएको छ ।

अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतियोगिता स्थगित गरिएको छ । यसका साथै सङ्घले अनुकूल परिस्थितिमा प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने बताएकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया