स्पेनिस ला लिगा २ साताका लागि स्थगित

 फागुन २९, २०७६ बिहिबार १८:४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसका कारण स्पेनिस ला लिगाअन्तर्गत दुई चरणका खेलहरु स्थगित भएका छन् । जारी सिजनमा आउँदाे दुई साता ला लिगाका खेलहरु नहुने पक्का भएको हाे ।

यदि दुई हप्तासम्म पनि अवस्था सामान्य नभए फेरि अरु खेल पनि स्थगित गरिने स्पेनिस ला लिगाले जनाएको छ । रियल मड्रिडका बास्केटबल खेलाडीमा कोरोनाको सङ्क्रमण देखिएर क्वारेण्टाइनमा राखेपछि ला लिगा आयोजकले लिग स्थगित गरेको हो ।

युरोपियन फुटबल महासङ्घले भने च्याम्पियनस लिगका बारेमा अझै आधिकारिक धारणा निकालेको छैन । प्रिक्वाटर फाइनलको दोस्रो लेगमा रियलले सिटीसँग खेल्दैछ । रियल मड्रिडको पूरै टिमलाई यतिबेला क्वारेण्टाइनमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया