रियल मड्रिडका मार्सेलो कारबाहीमा

बिना लाइसेन्स तीव्र गतिमा कार चलाएकोे कसूर

 फागुन ३०, २०७६ शुक्रबार १६:२३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ब्राजिल तथा स्पेनिस क्लब रियल मड्रिडका खेलाडी मार्सेलो एक कारबाहीमा परेका छन् । बिना लाइसेन्स तीव्र गतिमा कार चलाएकोे भेटिएपछि उनलाई कारबाही गरिएकोे हो ।

भाल्डेबेबसको सडकमा तीव्र गतिमा कार चलाउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँग पर्याप्त कागजात नभेटिएपछि १ लाख यूरो जरिवाना गरेको बताइएको छ ।

अदालतको फैसलाअनुसार मार्सेलोले १० महिनासम्म ३५० यूरोका दरले रकम बुझाउनुपर्ने भएको छ । मार्सेलो बाहेक रियलका बेन्जिमा र रोड्रिगेजलाई पनि यसअघि तीव्र गतिमा कार चलाएको आरोपमा कारबाही गरिएकोे थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया