धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - चेल्सीले आफ्ना सबै खेलाडी, प्रशिक्षक टीम र ब्याकरुम स्टाफलाई क्वारेण्टाइनमा राखेकाे छ । टीमका खेलाडीमा कोरोना देखिएपछि क्लबले सबैलाई सेल्फ क्वारेण्टाइनमा राखेको हाे ।
खेलाडी क्यालम हड्सन ओडोइलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि क्लबले पत्रकार सम्मेलन समेत रद्द गरेको थियाे । चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डले शनिबारको खेल अगाडि पत्रकार सम्मेलनमा बोल्ने बताइए पनि अन्तिम समयमा स्थगित गरिएको छ ।
चेल्सीले प्रिमियर लिगमा शनिबार एस्टन भिल्लासँग खेल्ने तालिका थियो । कोरोनाको त्रासका कारण चेल्सीले एस्टन भिल्लाको खेल पनि स्थगित गर्ने प्रबल सम्भावना रहेको छ । चेल्सीले अर्को हप्ता बायर्न म्युनिखसँग खेल्ने खेल पनि रद्द हुने देखिएको छ ।
चेल्सीले आउँदाे खेलका लागि क्लबको आपतकालीन बैठक बोलाएको छ र याे बैठकले आउँदा दिनका खेल तालिका के गर्ने भन्नेमा निर्णय गर्नेछ । हडसन प्रिमियर लिगमा कोरोनाको सङ्क्रमण देखिने पहिलो खेलाडी बनेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।