जनकपुर-जयनगर रेलवे सञ्चालन हुन अझै केही महिना लाग्ने

 फागुन ३०, २०७६ शुक्रबार १९:१६:५५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - जनकपुर जयनगर रेलवे संचालन हुन अझै कम्तीमा तीन-चार महिना लाग्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले बताउनु भएको छ ।

शुक्रबार जनकपुर–जयनगर रेलवेको निरीक्षण गर्न जनकपुरधाम पुग्नुभएका मन्त्री नेम्वाङले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भौतिक पूर्वाधार तयार भए पनि कर्मचारी व्यवस्थापन, नयाँ रेल नियमावली लगायतका अन्य व्यवस्थापनमा समय लाग्न सक्ने भएकाले सञ्चालनमा आउन अझै तीन-चार महिना लाग्न सक्ने बताउनुभयाे ।

जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा यसै आर्थिक वर्षदेखि रेल सञ्चालन गर्ने प्रयास रहेको बताउँदै मन्त्री नेम्वाङले रेलमार्ग तयार भइसकेको र विदेशबाट दक्ष कर्मचारी मगाएर भए पनि पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा बर्दिव‍ाससम्म र त्यसपछि पूर्वतर्फको र निजगढसम्म रेल गुडाइने जानकारी दिनुभयो ।

रेल गुडाउन सुरुवाती चरणमै ५-७ जनाको प्राविधिक टोली आवश्य‍क हुने र त्यो नेपालमा सम्भव नभएकोले भारतबाट ल्याइने उहाँले जानकारी दिनुभयाे । भारतीय टोलीले नेपालमै दक्ष प्राविधिक तयार गरेपछि नेपाली प्राविधिकले नै रेलवे सञ्चालन गर्नेछन्।

मन्त्री नेम्वाङले जनकपुरधाम रेलवे प्लेटफार्मसँगै खुजुरी र जयनगर पुगेर नीरिक्षण गर्नुभयाे।नीरिक्षण टोलीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, रेल्वे विभागका महाप्रबन्धक बलराम मिश्र र रेलवे पूर्वाधार निर्माण कम्पनी इस्ट इण्डिया कम्पनीका प्रतिनिधि लगायतकाहरु व्यक्तिहरु सहभागी हुनुहुन्थ्याे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया