यूएईमा रहेका नेपाली श्रमिकलाई सचेतना अभियान सञ्चालन
फागुन १२, २०८१ सोमबार
काठमण्डाै - विश्वभरि फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमसँग जुध्न दक्षिण एशियाली देशहरुले साझा रणनीति बनाउने विषयमा आइतबार छलफल गर्ने भएका छन् । सार्क क्षेत्रका देशका सरकार प्रमुखहरुले भिडियो सम्वादमार्फत छलफल गर्न लागेका हुन् ।
भिडियो सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी सवा ५ बजेपछि सम्वोधन गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
सिंहदरबारको आफ्नै कार्यकक्षमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो सम्वादमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली शुक्रबार मात्रै दोस्रो पटक मिगौला प्रत्यारोपण गरेर १२ दिनपछि त्रिभुवन शिक्षण अस्पतालबाट बालुवाटार फर्कनुभएको हो । उहाँले शनिबारसमेत बालुवाटारमा राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।
भिडियो सम्मेलनमा विभिन्न देशले कोरोनाको सङ्क्रमणसँग जुध्न अपनाइरहेका उपाय, त्यसको अनुभव र अब गर्न सकिने कामकाबारेमा राय प्रस्तुत गर्ने तयारी छ ।
शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्नका लागि सार्कले संयुक्त पहल गर्नुुपर्ने भन्दै साझा रणनीति बनाउन प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावलाई प्रधानमन्त्री ओलीले शुक्रबार नै स्वागत गर्दै सहमति जनाउनुभएको थियो ।
सार्क राष्ट्रमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । सबै राष्ट्रले मोदीको प्रस्तावमा समर्थन गरेका थिए । भारतमा कोरोना भाइरसबाट २ जनाको ज्यान गएको छ ।
नेपालमा १ जना संक्रमित भएकोमा उनी उपचारपछि निको भैसकेका छन् । सार्क राष्ट्रमध्ये भारतमा बाहेक अरु देशमा कोरोना भाइरसको कारण कसैको ज्यान गएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।