फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी
फागुन ११, २०८१ आइतबार
काठमाण्डाै – उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले केपी ओली कप फुटबलमा विजयी शुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज भएको उद्घाटन खेलमा एपीएफले ब्ल्याक बुल्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा गएको हो । यो जीतसँगै एपीएफ क्वाटरफाइनलमा पुगेको छ ।
प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन टोली, २ विदेशी र १ आयोजक गरी ९ वटा टोली सहभागी छन् । प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम (एनआरटी), सङ्कटा क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, उज्बेकिस्तानको ब्ल्याक बुल्स र आयोजक टोली केपी ओली एफसी सहभागी छन् ।
क्वाटरफाइनलका खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स तथा सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएका छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ । फाइनल खेल यही १९ गते हुनेछ ।
यो प्रतियोगितामा इटालियन विश्व चर्चित गोलरक्षक जियानलुइजी बुफोनको पनि उपस्थिति रहने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।