चट्याङ र असिना पानीका कारण चार जनाकाे ज्यान गयाे

 चैत २, २०७६ आइतबार १३:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गएको छ ।

शनिबार राति चट्याङ लागेर घाइते हुनुभएका म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ६ खिवाङका रविन पुन र यमकुमारी गर्बुजाकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको शितगङ्गा नगरपालिका १२ का १० वर्षीय विकास नेपालीको असिनाले लागेर ज्यान गएको छ । शनिबार दिउँसो घरबाट हिँड्नुभएका नेपालीको कुडुले जङ्गलमा शव भेटिएको हाे । असिनाले लागेर उहाँकाे ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै अर्घाखाँचीकै भूमिकास्थान नगरपालिका ९ का सालिकबहादुर बलालको पातले खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया