डीभी र गैरआप्रवासी भिसा 'अपाेइन्टमेन्ट' मङ्गलबारदेखि अनिश्चितकालका लागि रद्द

 चैत ३, २०७६ सोमबार १२:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा रहेको अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट अनिश्चितकालका लागि रद्द गरेको छ । 

दूतावासले सूचना निकालेर कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको कारण मङ्गलबारदेखि लागु हुने गरी डीभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्ट रद्द गरेको जानकारी गराएको छ । 

दूतावासले निकालेको सूचनामा जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्ने तर अहिले नै समय तोक्न भने नसकिने जनाएको छ । भिसा शुल्क जुन देशमा भुक्तानी गरिएको हो, त्यही देशमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने दूतावासले जनाएको छ । 

दूतावासले अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ । यात्रा गर्नैपर्ने अवस्थामा भने आकस्मिक अपोइन्टमेन्ट अनुरोध गर्न सकिने दूतावासले जनाएको छ । 

भिसा तथा अन्य जानकारी लागि  https://www.facebook.com/nepal.usembassy/posts/2748215708548804 याे लिङ्कमा जानुहाेस् । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया