विषाक्त रक्सी खाएर ज्यान गुमाएकाका परिवारलाई तीन लाख दिइने

 चैत ३, २०७६ सोमबार १२:५९:५१ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन-तीन लाख रुपैयाँ दिने भएको छ । 

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप  तीन लाख रुपैयाँ उपलब्ध गराइने बताउनुभएको हो ।

आइतबार मुख्यमन्त्री राउतले क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँका पीडित परिवारलाई भेट्नु भएको थियो । उहाँले विषाक्त जाँडरक्सी बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानुनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाँडै ‘खुला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराउनुभयो ।

मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सुरक्षा समितिको बैठकमा खुला मदिरा नियन्त्रणबारे निर्णय हुने बताउनुभयो । 

उहाँले दोषीमाथि कारबाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताउनुभयो । रम्दैयामा विषाक्त रक्सी खाएर ज्यान गुमाएका १४ परिवारलाई आइतबार सांसद रघुविर महासेठले काजकिरियाका लागि २० हजार रुपैयाँ प्रदान गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

1 Comments

  • Arun Kumar mahato

    March 17, 2020, 6:57 a.m.

    प्रदेश नं 2 मा मदिरा सेवन बन्द गर्नु पर्छ। भने बिक्री वितरण गर्ने लाई पनि कारवाही गर्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया