प्रहरीले बरामद गरेका ११ लाख मास्क बेच्न निर्देशन

 चैत ३, २०७६ सोमबार १६:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रहरीले बरामद गरेका मास्क (मुखावरण) तत्कालै बिक्री/वितरण गर्न महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले नेपाल प्रहरीलाई पत्र लेखेर बरामद मास्क साझा स्वास्थ्य सेवा लगायतका सरकारी कार्यालयलाई बजार मूल्य अनुसारको पैसा लिएर उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रहरीले बिक्री गरेकाे रकम प्रहरी कोषमा नै रहने छ । प्रहरीले उपलब्ध गराएका मास्क तत्कालै बिक्री वितरण गर्न पनि महान्यायाधिवक्ता अग्नि खरेलले निर्देशन दिनुभएको छ ।

कालोबजारी गर्न लुकाएर राखेका १० लाख आठ हजार मास्क प्रहरीले आइतबार कपन र सतुङ्गलबाट बरामद गरेको छ । यस्तै गएकाे शनिबार डल्लु क्षेत्रबाट ७८ हजार मास्क बरामद भएको थियो ।

प्रहरीले बरामद गरेकाे मास्क प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी गरे पनि महान्याधिवक्ताको कार्यालयले ती मास्क तत्काल बेच्न निर्देशन दिएकाे हाे । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया