काेराेना सतर्कता : बी डिभिजन राेक्न राखेपकाे निर्देशन, पाैडी पाेखरी पनि बन्द रहने

 चैत ४, २०७६ मंगलबार १६:१९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोनाको संक्रमणबाट बच्नका लागि राष्ट्रिय खेलकुद परिषद्ले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

परिषदले एक साता कुनैपनि खेलकुद गतिविधि नगर्न, मानिसको हुल नगर्न तथा परिषद्का कर्मचारीलाई अफिस आउँदा पनि मास्क अनिर्वाय लगाउन निर्देशन दिएको छ ।

यसका साथै हाल टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका खेलहरुको प्रशिक्षण विशेष सुरक्षा अपनाएर गराउन पनि निर्देशन दिएको छ । ओलम्पिक छनोटका लागि तेक्वान्दो र कराँतेका खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

यस्तै परिषद्ले तत्कालका लागि पौडी पोखरी नखोल्ने भएको छ । गर्मी बढेसँगै बिस्तारै पौडी खेल्नेको संख्या बढ्दै जाने भए पनि परिषद्ले कारोनाको त्रासका कारण अर्को आदेश नहुँदासम्मका लागि पौडी पोखरी नखोल्ने भएको हो ।

यसका साथै बी डिभिजन लिग रोक्न पनि परिषद्ले एन्फालाई पत्राचार गरेको छ । बढ्दो कोरोनाको त्रासका कारण बुधबारबाट नै लिग स्थगित गर्न निर्देशन दिएको परिषद्ले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया